२०७८ मङ्सिर १३ गते सोमवार

रवि लामिछानेले छाडे न्युज २४ टिभी,लेखे यस्तो स्टाटस्



७ माघ,घोराही। ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको जनाएका छन्।

बुधबार साँझ सामाजिक संजाल फेसबुकमा एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्। साथै लामिछानेले न्युज २४ को परिवारलाई धन्यबाद समेत व्यक्त गरेकाछन ।

लामिछानेले आफ्नो कार्यक्रमा जनसवालका बिषय समावेश गर्ने भएकाले उनको कार्यक्रम युवा पुस्ता माँझ लोकप्रिय थियो।

उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्