२०७८ मङ्सिर १३ गते सोमवार

मेयर कपको चौथो दिन वडा नम्बर ४ र १२ विजयी



 

७ माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर ४ र वडा नम्बर १२ का खेलाडीहरु विजयी भएका छन् । नवलपुर मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ११ लाई वडा नम्बर ४ ले २ का बिरुद्ध ४ गोलले पराजित गरेको हो ।

वडा नम्बर ११ का खेलाडी राजेन्द्र बस्नेत र धनबहादुर रोकाले एक एक गोल गर्नुभयो । त्यस्तै विजयी वडा नम्बर ४ का सन्दीप चौधरीले २ गोल, अमर बुढाले एक गोल र वडा नम्बर ११ ले एक गोल आत्मघाती गरेको थियो ।

 

 

त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर ३ लाई वडा नम्बर १२ ले २ का बिरुद्ध ३ गोलले पराजित गरेको छ । वडा नम्बर ३ का सुमन विक र विजय पुनले एक एक गोल गरेको खेल व्यवस्थापक दिपक पुनले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा नम्बर १२ का नेशनल बुढा, अनिल श्रेष्ठ र हिरा विकले एक एक गोल गर्नुभएको छ । भोली मध्यान्न हुने पहिलो खेलमा वडा नम्बर १३ र १४ विच, दोस्रोमा वडा नम्बर २ र १९ विच खेल हुने भएको छ ।।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्