२०७८ असोज ८ गते शुक्रवार

जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट



७ माघ,दाङ ।
कपुरकोट प्रहरीले जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ ८५ किलो मर्चा  बरामद गरेर नष्ट गरेको छ ।
दाङबाट सल्यान श्रीनगर तर्फ जाँदै गरेको रा १ ख १९९४ न को मिनि ट्र्कमा लुकाइ छिपाइ लग्दै गरेको अवस्थामा कपुरकोट चेक पोस्टमा चेकजाँच गर्दा फेला परेको हो ।

त्यसैगरि प्रहरीले गस्तिको क्रममा कपुरकोट ४ किमुचौरबाट मर्चा तयार गर्दैगरेको कच्चा पदार्थ १५ किलो बरामद गरि आज नष्ट गरिएको प्रहरी चौकी कपुरकोटका सइ प्रनानी याम ब बस्नेतले बताउनुभयो । कपुरकोट ३ का वडा अध्यक्ष मीन बहादुर सेन, पत्रकार, स्थानिय व्यापारी लगायतको रोहबरमा जांड बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको हो ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्