२०७८ बैशाख ६ गते सोमवार

दाङमा ताप्दै गरेको आगो सल्किदा भण्डारी गम्भिर घाईते



६ माघ,घोराही । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–७ घुसुरा निबासी ७१ वर्षिय मैमी भण्डारी जलेर गम्भिर घाईते हुनुभएको छ ।

आज बेलुकी साढे ६ बजे आगो ताप्ने क्रममा भण्डारीको धोतिबाट आगो सल्किएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
भण्डारीको कम्बरदेखि तलतिरको अधिकांस भाग जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुुभएको छ ।
घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको आफन्तले जानकारी दिएकाछन ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्