२०७८ बैशाख ७ गते मङ्गलवार

नेपालटाईगर फाउन्डेसन द्धारा असहाय बृद्ध बि.कलाई सहयोग



 

 

६ माघ , रुकुम पश्चिम । नेपालटाईगर फाउन्डेसनले रुकुम पश्चिमको बाफिबोट गाउँपालिका वडा नम्बर ३ का असहाय बृद्ध चुक्त बहादुर बि.कलाई सानो घर निर्माण सहित आवश्यक लत्ताकपडा लगाएत खाद्यान्न सहयोग गरेको छ । गरिब दिन दुःखी अपांग तथा असाहयहरुको सहयोगको लागि खोलिएको संस्थाले सातै प्रदेशमा सहयोगको कार्यक्रम गर्ने फाउण्डेशनका अध्यक्ष लालबिर बोहराले जानकारी दिए । उनले गरिब दिन दुखीको सेवा गर्न पाउँदा आफु खसी र भाग्यमानी महसुस गरेको   बताए ।

कर्णाली प्रदेशमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन फाउण्डेशनको जिल्ला शाखाहरु चाडै बिस्तार गर्ने फाउण्डेशनका सचीव बिष्णु ओलिले बताएका छ्न । नेपालटाईगर फाउन्डेसन रुकुम पश्चिमका अध्यक्ष  बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाफिकोट गाउँपालिका वडा न ३ का वडाध्यक्ष चन्द्र बहादुर केसी र रुकुम पुर्व सिस्ने गाउँपालिका वडा न ८ का वडाध्यक्ष खर्कसिङ थापा तथा गाउँका बुद्धिजिवि समाजसेवी स्थानीयको उपस्थिती रहेको थियो । नेपाल टाईगर फाउन्डेसनको कार्य समितीकोअध्यक्षमा लालबिर बोहरा सचिवमा बिष्णु ओलि ,कोषाध्यक्षमा कर्ण बहादुर खत्री र सदस्यमा नवीन खत्री रहेका छन ।

 

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्