०६ माघ, दाङ । नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७\७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका हुुन् ।
यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा ८८ जना बालिका बलत्कारको सिकार भएका छन् ।
बलात्कृत हुनेमा १० वर्ष मुनिका ३० जना बालिका र ११ देखि १६ वर्ष उमेर समूहका ५८ जना बालिका बलात्कृत भएका हुन् ।
प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार