२०७८ असार ८ गते मङ्गलवार

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो



५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले १६ जनवरीमा पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

उनले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मुल्य यथावत नै राखेको जानकारी दिए । प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १० र डिजेल ९३ रुपैयाँ भएको छ । प्रवक्ता उपाध्यायका अनुसार निगमले सोमबार राती १२ बजेपछि लागु हुने पेट्रोलिय पदार्थको मुल्य समायोजनपछि प्रतिलिटर पेट्रोल ५ रुपैयाँ ३४ पैसा र प्रतिलिटर डिजेल २ रुपैयाँ ९६ पैसा घाटा हुने भएको छ । सा निगम घाटा व्यहोरदै आएको छ ।

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’
अब निगमले मासिक ४९ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोर्नु पर्ने प्रवक्ता उपाध्यायले जानकारी दिए । उनले सो घाटा रकम स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति गर्ने बताए ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्