२०७८ बैशाख ९ गते बिहिवार

बबईमा सुनौलो हजार दिनका आमालाई कुखुरा बितरण



४ पुस,हापुरे । बबई गाउपालिकामा हजार दिनका आमालाई कुखुरा बितरण गरिएको छ । बबई गाउपालिका २ र ३ को वडा कार्यालय र सुआहाराको प्राबिधिक सहयोगमा कुखुरा बितरण गरिएको हो ।
बबई गाउपालिका अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत भिस्मकुमार मल्लले कुखुरा बितरण गर्नुभएको हो । हजार दिनका आमालाई ३र३ वटा कुखुरा बितरण गरिएको हो ।
बबई गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा कुखुरा बितरण गरिएको हो । वडा अध्यक्ष नन्दलाल वलीको स्वागत मन्तब्यबाट सुरु भएको थियो । कार्यक्रममा कुखुराबाट प्राप्त हुने पोषणका बारेमा पशु प्राबिधिक कमानसिङ नेपाली र सुआहाराका सरसफाई अधिकृत रोशन चौलागाइले जानकारी गराउनुभएको थियो ।
वडाभित्र रहेका ३३० जनालाई कुखुरा बितरण गरिएको छ । कार्यक्रमको सहजीकरण सुआहाराका लक्ष्मी भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्