२०७८ बैशाख ९ गते बिहिवार

उपमहानगरपालिकाले मोतिया विन्दुका विरामीको निशुल्क अप्रेशन गर्ने



०४ माघ, घोराहि । घोराही उपमहानगरपालिकाले यस बर्ष नगरभित्रका एक सय जना मोतिया विन्दुका विरामीको निशुल्क अप्रेशन गर्ने भएको छ । चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट मार्फत उपमहानगरले नगर भित्रका एक सय जना मोतिया विन्दुका विरामीको निशुल्क अप्रेशन गरिदिने भएको हो ।

जस्का लागि घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर विच सम्झौता भएको छ । उपमहानगरपालिकाले उक्त कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरि कार्यक्रम लागु गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

गत बर्ष पनि घोराही उपमहानगरपालिकाले नगरका एक सय जना व्यक्तिको निशुल्क मोतिया विन्दुको अप्रेशन गरिदिएको थियो । घोराही उपमहानगरपालिकाले सुत्केरी, सिकलसेल एनिमियाका विरामीलाई आबस्यक पर्ने रगत पनि निशुल्क उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्