२०७८ असार ८ गते मङ्गलवार

राजमार्ग अनलाईनको दोस्रो वार्षिकोत्सव



३ माघ,घोराही ।
राजमार्ग अनलाईनले आज दोस्रो वार्षिकउत्सव मनाएको छ । दाङको घोराहीबाट अथोरिटी मिडीया प्रालिद्वारा सञ्चालित अनलाईन बाह्रकुने दह परिसरमा एक कार्यक्रम गरि दोस्रो वार्षिकउत्सव मनाएको हो ।

अनलाइन संचालक समितिका अध्यक्ष तथा प्रधान सम्पादक दिपक जीएमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिएमले आमसंचार जगत शिक्षाको माध्यम भएको भन्दै सत्य, तथ्य र निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले कलम सानो भएपनि शक्तिशाली भएकोले सामाजिक रुपान्तरणको सारथी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दाङ महिला जेसिजका अध्यक्ष ममता विष्ट, त्रिभुवननगर जेसिजका अध्यक्ष मुकेश शर्मा, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष बिमल श्रेष्ठ लगायतले नागरिकको सुचना पाउने अधिकार स्थापित गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

संचालक समितिका महासचिव मिनराज भाटको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा सामाजिक संघ संस्थालाई सम्मान गरिएको हो ।

लायन्स क्लब अफ घोराही सिटी, त्रिभुवन नगर जेसिज, दाङ महिला जेसिज, सफल व्यवसायी तथा टिमार्टका संचालक टिकाराम रावत, खेलाडी गोपाल कुवँर, संचालक समित सदस्य धर्मेन्द्र श्रेष्ठ र प्रविनकुमार भण्डारीलाईसम्मान गरिएको हो ।।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्