२०७८ जेष्ठ ३ गते सोमवार

रास्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान दाङ द्धारा सम्मान तथा बधाई



 

३ माघ,घोराही।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान दाङले प्रतिष्ठानका पुर्वअध्यक्ष र सल्लाहकारलाईसम्मान गरेको छ । हालै दाङ जिल्ला उद्योग बाणिज्य संघको महिला सदस्यमा चयन हुनुुभएकी देबकला बस्नेत र महासचिब महेन्द्र बुढाथोकीलाई प्रतिष्ठानले सम्मान गरेको हो ।

बस्नेत प्रतिष्ठानका पुर्व अध्यक्ष र बुढाथोकी संघको सल्लाहकार हुनुहुन्छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता एवं संस्कृतबिद् डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कला साहित्यको क्षेत्रमा योगदान दिएका र अग्रजको सम्मान गर्ने उद्धेश्यका साथ कलाकारद्धय मथुराप्रसाद श्रेष्ठ र मधुबाबुु थापाको परिवारले संघमा अक्षकोषको स्थापना गरेका छन् ।

साथै आगामी पुस ९ र १० गते हुुने लोक तथा दोहोरी गित प्रतिष्ठान केन्द्रको बार्सिक साधारणसभाका लागि दाङबाट जिल्ला कार्य समिति उपाध्यक्ष बिमला खड्कालाई पठाउने निर्णय गरेको छ । कार्यत्रमको सहजिकरण सहसचिब रामसिंह विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्