२०७८ जेष्ठ १ गते शनिवार

कम्युनिष्ट सरकारले सर्वहारा बर्ग र समुदायको लागी केहि गर्न सकेन : नेता गिरी



३ माघ, दाङ । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले मुलुक अहिले सवैधानिक संकटमा परेको बताउनुभएको छ । सविधानको मर्म विपरित संसद भंग गर्दा देश अस्थिरता तर्फ धकेलिएको बताउदै पुर्व मन्त्री समेत रहनुभएका गिरीले असवैधानिक कदम प्रति आफुहरुको घोर आपत्ती रहेको बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ती समाज दाङ शाखाको आज तुलसीपुरमा भएको साधारण सभा तथा अधिशेसनलाई उद्घाटन गदै उनले यस्तो बताएका छन् । नउहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानिक कदमको विरोध गदै उहाँले उक्त मुद्धा अहिले अदालतमा विचाराधिन भएकाले न्यायलयको फैसला नै निर्णायक हुने उहाँको भनाई थियो ।

शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले अहिलेको सविधानले दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने र मध्यावधी निर्वाचनको अधिकार प्रत्याभुती नगरेको दावी गर्नुभएको छ । साथै उहाँले कम्युनिष्ट सरकारले सर्वहारा बर्ग र समुदायको लागी केहि गर्न नसकेको टिप्पनी गर्नुभएको थियो। सर्वहारा वर्गको नारा दिएर कम्युनिष्ट नेताहरु भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा बढि उन्मुख भएको उहाँको आरोप छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्