२०७८ जेष्ठ १ गते शनिवार

नव निर्वाचित कार्य समितिले पदभार ग्रहण



२ माघ,घोराही।
दाङ जिल्ला उद्योग बाणिज्य संघको नव निर्वाचित कार्य समितिले पदभार ग्रहण गरेका छन् । संघले आज एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित कार्य समितिलाई पदभार ग्रहण गराएको हो ।

संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता र लम्विनी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष गुणनिधी तिवारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो ।

निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत शिबप्रसाद घिमिरेले नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । त्यसैगरी, निवर्तमान अध्यक्ष भुसालले नव निर्वाचित अध्यक्ष टंकसिंह बुढाथोकीलाई माइनुट हस्तान्तरण गर्नुभयो ।

त्यस्तै अन्य निवर्तमान उपाध्यक्ष, महासचिबले पनि नव निर्वाचित सोही पदका पदाधिकारीलाई माइनुट हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उपस्थित हुन नसकि फोन मार्फत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले दाङको औद्योगिक विकासमा केन्द्रले पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो ।

औद्योगिक क्षेत्रको विकास विना अन्य विकास सम्भब नहुने भन्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाटै यस क्षेत्रको आर्थिक सामाजिक विकासमा लाग्न संघका पदाधिकारीहरुलाई सुभकामना दिनुभएको छ ।

त्यसैगरी प्रदेशका अध्यक्ष तिवारीले आर्थिक र पूर्वाधार विकासका आधार नै औद्योगिक क्षेत्र भएको बताउनुभयो । साना देखी ठूला व्यवसायलाई सुरक्षित बताबरण आबस्यक रहेको भन्दै सरकारको ध्यानआकर्षण गराउनुभयो ।

कार्यक्रममा संघका पूर्ब अध्यक्ष मधुसुदन बैद्य, संघका पूर्ब सचिब सुन्दर गौतम, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रवि आचार्य, प्रजातान्त्रीक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कँडेल, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकी, राप्ती पोष्ट दैनिकका सम्पाद शरद अधिकारी लगाएतकाले व्यवसायीक हित र प्रबद्र्धनमा लाग्न नयाँ कार्यसमितिलाई सुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्