२०७८ असार १० गते बिहिवार

रुकुम पश्चिममा जिल्ला समन्वय प्रमुख सहित ५ जुुवाडे पक्राउ



२ माघ,रुकुम पश्चिम ।
रुकुम पश्चिममा जिल्ला समन्वय समितिका प्रमुख सहित ५ जना जुवाडे पक्राउ परेका छन ।पक्राउ पर्नेमा जिल्ला रुकुम पुर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्र बहादुर वली ,पुथा उत्तरगंगा गा.पा. वडा नं. ५ बस्ने बर्ष २९ को सुभाष घर्तिमगर,पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० बस्ने बर्ष ६४ को जितेन्द्र बुढामगर ,रुकुम पश्चिम त्रिबेणी गा.पा. वडा नं. ७ बस्ने बर्ष ४२ को लिल बहादुर पुन र मुसिकोट न.पा. वडा नं. १ बस्ने बर्ष ३७ का कमल पुुन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुुभयो ।
उनीहरुको साथबाट केहि थान तास र नगद रकम बरामद गरिएको छ । पक्राउ परेका माथी आवश्यक अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्