२०७८ साउन १३ गते बुधवार

 विप्लव समूहद्वारा आन्दोलन घोषणा



१ माघ,घोराही ।
विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गर्नुभएको हो ।

विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

प्रहरीको विशेष ब्युरोले हिजो ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो ।।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्