२०७८ असार ९ गते बुधवार

बाह्रकुनेमा चार सय जनाको स्वास्थ्य जाँच



१ माघ,घोराही ।
दाङ महिला जेसीज र जेसिआई त्रिभुवन नगरको आयोजनामा आज बाह्रकुनेमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ । माघ १ गतेका दिन लाग्ने मेला र पूजाका लागि पुगेको दर्शनार्थीहरुको निशुल्क स्वास्थ्य जाँच गर्ने उदेश्यले स्वास्थ्य शिबिर गरिएको हो ।

शिविर मार्फत करिब ४ सय जनाले स्वास्थ्य जाँच गराएको दाङ महिला जेसीजका महासचिब सुनिता थापाले जानकारी दिनुभएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्टाप नर्श लक्ष्मी ढकालले विरामीहरुको स्वास्थ्य जाँच र औषधी वितरण गर्नुभएको थियो । साथै मास्क, स्यानिटाईजर र औषधीहरु शिबिर मार्फत बितरण गरिएको हो ।।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्