२०७८ बैशाख ६ गते सोमवार

ग्यास लिग भएर आगलागी हुँदा तीनजना घाईते



०१ माघ, दाङ । तुलसीपुरमा ग्यास लिग भएर आगलागी हुँदा तीनजना घाईते भएका छन् । प्रहरीका अनुसार बिहिवार विहान ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बनकट्टाको एक घरमा आगलागी हुँदा सोही घरका ४४ बर्षीय वसन्त वली, उनकी श्रीमती गीता वली र घरमा आगो ताप्न भनी आएका एक बालक घाईते भएका हुन् ।

उनीहरूलाई राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारपछि थप उपचारकालागि काठमाडौं रेफर गरिएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने उनीहरूको छाला जलेको छ ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्