२०७८ जेष्ठ ३ गते सोमवार

सर्वोच्चद्धारा रिटको खारेज, कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने



२८ पुस, दाङ । कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चले केही विषयमा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । निवेदन खारेज भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने भएको छ ।

कक्षा ११ र १२ पाठ्यक्रम २०७६ सालमा जारी गरेको विद्यालयको शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुप लागू हुने भएको थियो । त्यसविरुद्ध भगवता अर्यालसमेतले २००७ असोज २८ मा रिट दर्ता गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशसमेत जारी गरेको थियो ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्