२०८० चैत्र १६ गते शुक्रवार

जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने



१२ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको एक नेताले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् ।

केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउनेछन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्