२०७८ बैशाख २ गते बिहिवार

४३० जनामा कोरोना संक्रमण ५ जनाको म‌ृत्यु



२८ पुस । पछिल्लो २४ घण्टामा देशभर ४३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा ४३० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २५९ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९३२ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्