२०७८ बैशाख ९ गते बिहिवार

दाङमा लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ



२८ पुस,घोराही ।
दाङमा लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही १५ कपासी झिंगौरामा कोठा भाडामा बस्ने २३ वर्षिय प्रकाश गिरी र घोराही १५ को शुभकामना टोलका सन्तोष वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनिह?लाई अस्ति दिउसो ४ बजे घोराही १५ झिंगौराबाट प्रक्राउ गरिएको हो ।

लागु औषध विक्री वितरणमा संलग्न वलीको साथबाट ३ ग्राम लागु औषध ब्राउन सुगर, लागु औषध तौल गर्न प्रयोग हुने डिजिटल मेसिन एक थान र लागु औधष ओसारपोसारमा प्रयोग भएको वलीको रा ६ प १५२७ नम्वरको पल्सर मोटर साईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्