२०७८ जेष्ठ २ गते आइतवार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



२८ पुस । नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना। २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्