२०७८ मङ्सिर १३ गते सोमवार

दाङमा काठ र टिप्पर सहित २ जना प्रहरीको नियन्त्रणमा



२८ पुस,दाङ  ।

दाङ प्रहरीले कागजपत्र नभएको ६३ क्यूफिट सालको चिरान काठ र टिप्पर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान गढवा गाउँपालिका २ महदेवाबाट ६३ क्युफिट सालको चिरान काठ र टिप्पर सहित २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

टिप्पर र काठ सहित पक्राउ पर्नेमा गढवा गाउँपालिका १ जुरौनी का ३९ बर्षिय सल्ली मिया र राप्ती गाउँपालिका ६ सगरापुर का ४२ बर्षिय पृथिपाल चौधरी रहेका छ्न ।

नियन्त्रणमा लिइएका २ जना सहित काठ र टिप्परलाई सव डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ । रा १ ख ९९५ नम्बरको टिपर नियन्त्रणलाई लिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।

वन कार्यालयले वन ऐन अनुसार कारबाही अघि बढाउने उहाँले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्