२०७८ असोज ८ गते शुक्रवार

जन्मदिनको अवसरमा रक्तदान



२८ पुस, घोराही । आफ्नो जन्मदिनको अवसर पारेर शारदा नगरपालिका १२ सल्यान निवासी पत्रकार हेमराज नेपाली परिवर्तनले आज रक्तदान गरेका छन् । रक्तदान नै जिवन दान हो भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ उनले जन्म दिनको अवसरमा रक्तदान गरेको बताएका छन् ।नेपाल रेडक्रस सोसाइटी द्वारा सन्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर उनले रक्तदान गरेका हुन ।


साथै परिवर्तनले यदि कुनै व्यक्तिलाई ए पोजेटिभ रगतको अभाव भएमा आफु रगतदिन तयार रहेको बताएका छन । परिवर्तन खोजरफ्तार अनलाईनका सन्चालक तथा सम्पादक हुनभने दाङ घोराहीको रेडियो मध्यपश्चिमको समाचार शाखामा कार्यरत छन् ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्