२०७८ असार १० गते बिहिवार

विभिन्न माग राख्दै स्थानीयद्धारा वडाध्यक्षलाई ज्ञापन पत्र



२७ पुस,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–८ का वडाध्यक्षलाई स्थानीयले विभिन्न माग राख्दै ५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । अश्वारा सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा गौरी टोल विकास संस्थाको आयोजनमा सामुदायिक विकासमा स्थानीय सरकार र नागरिकको भूमिका विषयक अन्तरक्रीया कार्यक्रममा उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् । ठाउँको दृष्टिकोणले सुगम भएपनि विकासको दृष्टिकोणले पछाडी परेको बताउँदै ज्ञापनपत्रमा गरिब, दलित तथा जनजातिको बाहुल्यता भएकाले आयआर्जनमुखी सिपमुलक तालिमको व्यवस्था, सडक, विद्युत, खानेपानी लगाएतका मागहरु समेटिएका छन् ।

सो अवसरमा बोल्दै प्रमुख अथिति तथा तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेद बहादुर केसीले नागरिक र स्थानीय सरकारको समन्वयमा मात्रै हरेक क्षेत्रको विकास हुने बताउदै जनताका आधारभूत मागहरुलाई आगामी दिनमा पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आफु जनताको काम गर्न आएको बताउदै वडाध्यक्ष केसीले वडाको क्षेत्र ठूलो भएकाले आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्ने बताउनुभयो । जनता जागरुक नहुँदासम्म कुनै पनि समाजको विकास नहुँने बताउँदै अध्यक्ष केसीले स्थानीयहरुलाई पनि सहयोगी बन्न आग्रह गर्नुभयो ।

गौरी टोल विकास संस्थाका अध्यक्ष ताराबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा सामदुकि वन उपभोक्ता समूहका अध्यक्ष सुरमा बस्नेत, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष यमबहादुर विक, राष्ट्रसेवक कर्मचारी मदन बस्नेत लगाएतले आ–आफना धाराना राखेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्