२०७८ साउन १२ गते मङ्गलवार

“ देशमा राजनीतिक परिवर्तन भयो भन्दैमा राष्ट्रनिर्माताको योगदान भुल्न हुदैन”



२७ पुस,घोराही ।
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान दाङले २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। झाँकी र र्याली
सहित प्रतिष्ठानले भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ।
घोराही बजार परिक्रमा गरी तुलसीपुर चौकमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जिवनीको बिषयमा चर्चा गरेका थिए ।
आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले गरेको कामको मूल्यांकन हुनुपर्ने र राष्ट्रिय एकता प्रतिकको रूपमा बडामहाराजाधिराज लाई सम्मान गर्नुपर्ने बक्ताहरूको भनाई थियो।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै कारण हामी नेपाली बन्यौ हाम्रो पहिचान बन्यो बिश्व सामु नेपाली भनि गर्व गर्न पायौ तर तिनै राष्ट्रनिर्मातालाई राजनितिक खिचातानीले ओझेलमा पार्यो । सबै नेपालीको मन मस्तिष्कमा बसेका राष्ट्रनिर्मातालाई राष्ट्रले संझनु पर्छ । देशमा राजनीतिक परिवर्तन भयो भन्दैमा राष्ट्रनिर्माताको योगदान भुल्न नमिल्ने पृथ्वीनारायण शाह स्मृति प्रतिस्ठानका सचिव कुल बहादुर घर्तीले बताउनुभयो ।हजारौंको संख्यामा जनता पृथ्वी जयन्ती मनाउन आएको र सरकारले पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रनिर्माताको रूपमा सम्मान दिन घर्तीले आग्रह गर्नुभयो।

 

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्