२०७८ असोज १ गते शुक्रवार

राप्ती गाउँपालिका ६ मा आजबाट खेलकुद प्रतियोगीता सुरु



२७ पुस,दाङ।

राप्ती गाउँपालिका वडा नम्वर ६ मा आजबाट खेलकुद प्रतियोगीता सुरु भएको छ । लागु पदार्थ दुब्र्यशनी त्यागौं खेलकुदमा लागौं भन्ने नाराका साथ प्रतियोगिता शुरु भएको हो । वडा कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार माघी पर्बको अवसरमा खेलकुद प्रतियोगीताको आयोजना गरिएको वडा सचिव मंगलप्रसाद चौधरीले बताउनुभएको छ ।

विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिबल तथा फुटबल प्रतियोगीताको आयोजना गरी नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीताको आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताउनुभयो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले प्रतियोगीताको उद्घाटन गर्नुभएको हो । वडा नं. ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागीता रहेको छ । प्रतियोगितामा विजयी समुहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताईएको छ ।।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्