२०७८ बैशाख २ गते बिहिवार

बंगलादेशमा नेपालकी पुष्पालाई स्वर्ण



२६ पुस,काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् ।ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् ।पुष्पाले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालिन् ।पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद(साग ) मा रजत जितेकी थिइन् ।

भारतकी ज्योति गवाती ३ घण्टा १६ सेकेण्डसहित दोस्रो र दिव्यांका चौधरी ३ घण्टा ७ मिनेट ४१ सेकेण्डको समयसहित तेस्रो भईन् ।पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौंथो भए । किरण सागका स्वर्णधारी हुन् । किरणले २ घण्टा २६ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे ।दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए ।पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते । उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डको समय निकाले ।भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै हिट राम २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्