२०७८ साउन १६ गते शनिवार

विदेशमा थप तीन नेपालीको मृत्यु



२६ पुस,घोराही ।
कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । एनआरएनएका अनुसार यो हप्ता बेलायतमा दुई जना र मलेसियामा एक जनाको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाउनेको संख्या २० देशमा तीन सय १७ पुगेको छ ।

समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको र तीमध्ये ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन् ।।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्