२०७८ बैशाख २ गते बिहिवार

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने



२६ पुस,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । आइतबारको दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनपछि सभा तथा सम्मेलनमा आफ्ना अभिव्यक्तिहरु दिँदै आएका प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

यद्यपि राष्ट्रियसभाले आइतबारको आफ्नो कार्यसूची सार्वजनिक भने गरिसकेको छैन ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्