२०७८ बैशाख २ गते बिहिवार

डी.सी काे सम्झनामा श्रद्धाञ्जली सभा



२५ पुस,घोराही ।
बागेश्वरी डाँगी बन्धु ट्रष्ट दुधरास दाङले ट्रष्टका सल्लाहकार डा. कृष्णराज डीसीका माहिला छोरा लक्ष्मण डीसीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धान्जलीसभा गरेको छ ।

ट्रष्टका अध्यक्ष चतुर्मान डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा दिवंगत लक्ष्मण डिसी प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गरिएको छ ।

श्रद्धान्जलीसभामा केन्द्रका आजीवन सदस्य अम्बिकाप्रसाद डाँगी, सल्लाहकार पहलबहादुर डाँगी, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटा, हुमबहादुर डिसीले अकल्पनीय निधनले परिवार र समाजलाई ठुलो क्षति पु¥याएको बताउनुभयो । लक्ष्मण डिसीको ९ दिन पहिले २७ बर्षको उमेरमा निधन भएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्