२०७८ जेष्ठ २ गते आइतवार

छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन घोराहीमा सम्पन्न



२५ पुस,घोराही । सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन घोराहीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सर्वोत्तम बहुउध्यश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एवं लुम्वीनि प्रदेशकी भुमि कृषि तथा सहकारी मन्त्री अरती पौडेलको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतीथी । लुम्वीनि प्रदेशकी भुमि कृषि तथा सहकारी मन्त्री अरती पौडेलले स्मार्ट कृषि उत्पादन भएका वस्तुहरुलाई सहकारीहरुले किन्दिु पर्ने वताउनु भएको छ।

सहकारीरुले किसानहरु उत्पादन गरेका व्यक्तिहरुले किनिदिएमा विचौलियाहरु हाबी नहुने वताउनु भएको छ। । ‘स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुलाई बजारीकरण गर्नको लागि मिसनको रुपैमा लैजानु पर्नेमा जोड दिदै मन्त्री पौडेलले ‘यसलाई सहकारीले अभियानकै रुपमा चलाउनुपर्ने वताउनु भयो। ’ त्यसको लागि प्रदेशले सहयोग गर्ने वताउनु भयो। । सहकारी मार्फत उत्पादन भएका वस्तुहरु सिधै भान्सामा पुरयाउन सुझाव समेत दिनुभयो। । ‘पछिल्लो समय हरेकको दैनिकि व्यस्त वन्दै गएको वताउदै मन्त्री पौडेलले ‘सहजरुपमा सिधै भान्सामा प्रयोग गर्न सकिने गरी वस्तुहरु तयार गर्नु आग्रह गर्नुभयो। यसले आर्थिक रुपमा पनि अलि सवल वनाउने वताउनु भयो। ।’ प्रदेशको उपमहानगर लक्षित कार्यक्रम संचलन गर्न लागेको जानकारी पनी मन्त्री पौडेलले गराउनु भयो। त्यसको लागि दाङवाट कुनै योजना नगएको वताउदै यसमा योजना ल्याएर आउन आग्रह गर्नुभयो। । प्रमुख अतिथि आरती पौडेलले यस संस्थाले स्थापना कालदेखि नै राम्रो काम गर्दै आएको र प्रदेशकै नमुना सहकारीको रुपमा चिनाउन सबै मिलेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले पढेर सुनाउनुभएको थियो । आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष माधव खनालले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षणको तर्फबाट लेखा समिति संयोजक बालचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा शेयर सदस्य बुद्धिराज अधिकारी, घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, संस्थाका सल्हाकार गिरीराज शर्मा, पत्रकार बसुन्धरा गौतम, राष्ट्रिय सहकारी बैँकका शाखा प्रमुख डिल्लीराज दाहाल, बचत तथा रिण सहकारी संस्थाका सचिव बिमल अधिकारी, जिल्ला बहुउध्यश्यीय सहकारी संस्थाका अध्यक्ष तथा विशिष्ट अतिथि कृष्ण प्रसाद गौतम, घोराही उपमहानगरपालिकाको सहकारी प्रबन्धक शाखाको प्रतिनिधि देवा सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सर्वोत्तम बहुउध्यश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव गुरुप्रसाद खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्