२०७८ जेष्ठ ३ गते सोमवार

केपी ओलीलाई लोकतन्त्र विरोधी भन्न मिल्दैन– मुख्यमन्त्री पोखरेल



२४ पुस,कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभएको छ ।

कपिलवस्तुको आरटिओ सडकको उद्धघाटन गर्दै उहाँले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । उहाँले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल र माधव समूहका नेताहरूलाई सुझाव दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले सडकले मधेशको विकासमा समृद्धि ल्याउने बताउनुभयो । प्रदेश सरकारको महत्वपूर्ण कामको रुपमा हुलाकी सडक रहेकोले सडक निर्माण पछि नागरिकहरूको दैनिकीमा समेत परिवर्तन हुने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले सिँचाइ सुविधाका लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताउनुभयो । उहाँले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्