२०७८ जेष्ठ १ गते शनिवार

प्रधानमन्त्री सहभागि हुने कार्यक्रममा कालो मास्क प्रतिवन्ध



२४ पुस,घोराही । नेकपा फुटेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक राजधानी बाहिर जाँदैछन् । आफ्ना पक्षका स्थानीय नेता कार्यकर्ता भेट्न आज धनगढी जान लागेका हुन् ।

सूदुर पश्चिममा यतिबेला नेकपाका दुइ गुटले विपक्षी गुटका नेता कार्यकर्तामाथि कार्बाही गर्ने लहर नै चलेको छ । हालै नेकपा दाहाल नेपाल गुटका नेता भीम रावलमाथि कार्बाही भएको छ । रावल प्रधानमन्त्री ओलीका आलोचक रहिआएका छन् ।

ओलीले आफ्नो गुटको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभा विघटन गरेपछि राजधानी बाहिर निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई विरोध गर्ने सम्भावित तयारीलाई स्थानीय प्रशासनले कडाईकासाथ नियन्त्रण गर्ने तयारी गरेको बताईएको छ । सभामा सहभागिता जनाउन आउने कसैलाई पनि कालो रंगको मास्क समेत नलाउन प्रशासनले उर्दी जारी गरिसकेको छ ।

प्रधाानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावको मिति घोषणा गराएका थिए ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्