२०७८ असार १० गते बिहिवार

राजिब गुरुङ भोलि दाङ आउदै



२२ पुस,घोराही
गण्डकी प्रदेशका सांसद राजिब गुरुङ(दिपक मनाङ्गे) भोलि दाङ आउदै हुनुहुन्छ । स्वतन्त्र युवा क्लव तुलसीपुर–६ राजापुरले आयोजना गरेको खुल्ला भलिबल प्रतियोतिको उद्घाटन गर्न दाङ आउन लाग्नुभएको क्लवका अध्यक्ष सन्दिप गौतमले जानकारी दिनुभयो । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ तुलसीपुरको अरनिको मैदानमा भोलि देखि खेल सुरु हुदैछ । उक्त खेलको तयारी पुरा भएको खेल संयोजक एच.आर मगरले जानकारी दिनुुभयो । खेलको उद्घाटन भोली बिहान ११ बजे हुदैछ ।
प्रतियोगितामा विजेता समूहले नगद ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता समूहले नगद २५ हजार तथा ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने समूहले नगद १५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरि प्रति टिम दर्ता शुल्क रु पाँच हजार तोकिएको छ । टाईसिटका लागि भोलि बिहान ८ बजे सम्म टिम क्याप्टेन वा टिम प्रतिनिधी उक्त खेल मैदनमा उपस्थित भईदिन आयोजकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्