२०७८ बैशाख ६ गते सोमवार

पत्रकार जिएमद्धारा अपाङ्गता भएका बालबालिकालाई सहयोग



२१ पुस, दाङ । पत्रकार दिपक जिएमले आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ । घोराही उपमहानगरपालिका १४ स्थित बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पत्रकार जिएमले जन्मदिनको अवसरमा सहयोग सामाग्री सहयोग गर्नुभएको हो ।

राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक रहनु भएका जिएमले ६ थान सिरक, १३ थान ट्राउजर, ५ सय पिस मास्क र २४ थान फ्रुटी सहयोग गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीको उपस्थितीमा ति सामाग्री सहयोग गरिएको हो ।।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्