२०७८ भाद्र ३१ गते बिहिवार

दाङका दश स्थानिय तहका ४० वडा कार्यालय भाडाको भवनमा



२१ पुस, दाङ । दाङका दश स्थानिय तहका ४० वटा वडा कार्यालयहरुले भाडाको भवनबाट सेवा दिदै आएका छन् । आफ्नै स्वामित्वमा भवन नहुदा ४० वटा वडा कार्यालयले भाडाको घरबाट सेवा दिदै आएका हुन् ।

जस अनुसार तुलसीपुर उपमहानगरमा ४, घोराही उपमहानगरमा ३, गढवा गाउँपालिकामा ६, राजपुर गाउँपालिकामा ५ वटा वडा कार्यालय भाडाको घरमा बसेका छन् ।

त्यसैगरी, लमही नगरपालिकामा ६, राप्ती गाउँपालिकामा ७, त्यस्तै बंगलाचुली गाउँपालिकामा एक, दंगीशरण गाउँपालिकामा ५, शान्तिनगर गाउँपालिकामा एक, र बबई गाउँपालिकामा २ वटा वडा कार्यालय भाडाको भवनबाट सञ्चालनमा रहेका छन् । स्थानिय तहहरुले अघिकांश वडा कार्यालयको आफ्नै भवन निर्माणका लागि योजना अघि बढाएको बताएका छन् ।

भाडाको भवनमा प्रयाप्त कोठाहरु नहुदा कार्यालय व्यवस्थापन र सेवा प्रबाहमा समस्या हुने गरेको जनप्रतिनिधीहरुको भनाई छ । दाङमा दश स्थानिय तहमा एक सय वटा वडा रहेका छन् ।।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्