२०७८ साउन १७ गते आइतवार

२४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु, ५७८ डिस्चार्ज



२१ पुष । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १८४ महिला र ३३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ। गत २४ घन्टामा ४ हजार ५५१ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ५२२ जनामा संक्रमण देखिएको हो।

यस्तै मंगलबार ५७८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २२५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २२५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गम्भीर कोरोना संक्रमित २०४ जनाको आइसीयूमा र ४४ भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्