२०७८ बैशाख २ गते बिहिवार

घोराहीमा माघ ४ गते देखि मेयरकप फुटवल प्रतियोगिता हुने



२१ पुस,घोराही ।
घोराहीमा उपमहानगरपालीका मेयर कप फुटवल सञ्चालन हुदै छ । बिगत लामो समय देखि आयोजना हुदै आएको मेयरकप कोरोना कहरको बिचमा यस बर्ष पनि संचालन हुने भएको हो । फुटवल खेलाडीलाई आफ्नो क्षमता विकास गर्नको लागी निकै सहज हुने हुदा कोरोनाका कारण खेल क्षेत्र ठप्प बनेपािछ त्यसलाई बिस्तारै खेलमय बनाउन घोराहि उपमहानगरपालीकाले यही माघ ४ गतेबाट मेयरकप फुटवल प्रतियोगिता संचालन गर्न लागेको घोराहि उपमहानगरपालीकाका प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो । उँहाले बिशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै खेल आयोजना गर्न लागेको बताउनुभयो ।घोराही उपमहानगरपालिका भित्रका १९ वटा वडा सहभागिता रहेने मेयरकपमा अघिल्लो बर्ष वडा नं १८ ले उपाधि हात पारेको थियो ।

बिगतका बर्षहरुमा लिग चरणमा हुने फुटवल खेल अहिले भने कोरोनाका कारण देखाउदै भिडभाड नहोस भनेर नकआउट चरणमा गर्न लागिएको पनि प्रबक्ता अर्यालले बताउनुभयो ।
यहि माघ ४ गतेबाट संचालन हुने मेयरकप माघ १४ गते सम्म संचालन हुने र उपाधि जितेको वडालाई माघ १५ गते घोराहि उपमहानगरपालीकाको स्थापना दिवसको अवसर पारेर उपाधि प्रदान गरीने उपमहानगरपालीकाले जानकारी दिएको छ । मेयर कपको बिजेताले नगद १ लाख ट्रफि शिल्ड र प्रमाणपत्र पाउने छभने उप बिजेताले नगद रु ५० हजार ट्रफि शिल्ड र प्रमाणपत्र पाउने छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्