२०७८ बैशाख २ गते बिहिवार

२०७७ पुस २१ गते मंगलवारको राशिफल



मेष– आफन्तमा मनमुटाब हुनछ । स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।
वृष –कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।

मिथुन– घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी बिसञ्चोपना देखिनेछ ।
कर्कट– नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

सिंह– कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
कन्या– साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।

तुला– सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायका क्षति बेहोर्नुपर्नेछ ।
वृश्चिक– कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहो हुनेछ । नया काममा फाईदा मिल्नेछ ।

धनु– नयाँ जिम्मेवारी थपिनेछ । सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।
मकर– काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।

कुम्भ– बाचामा धोका हुनेछ । अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
मीन– विवाहको कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यवसायिक तनाव हुनेछ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्