२०७८ असोज ११ गते सोमवार

बबईमा असारभित्र लालपुर्जा बितरण गर्ने तयारी



२० पुस,हापुरे । बबई गाउँपालिकाले आउने असार महिनाभित्र लालपुर्जा बितरण गर्ने काम भइरहेको जनाएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसंग गएको कार्तिक २७ गते सम्झौता गरेको गाउँपालिकाले अहिले भूमिको लगत संकलनको काम जारी राखेको जनाएको हो ।

त्यसका लागि अहिले २३ जना कर्मचारीले बस्तीस्तरमा पुगेर काम गरीरहेको पालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । भूमिहिन दलित, भूमिहिन, सुकुम्बासी तथा अब्यस्थित बसोबासीको जग्गाको लगत लिने काम अहिले जारी रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले पुस ८ गते सार्बजनिक सुचना प्रकाशन गरी ३५ दिनभित्र भूमिको लगत संकलन कार्य सम्पन्न गर्न आग्रह गरेको छ । पहिलो चरणमा आयोगले बबई गाउँपालिकासहित १४ वटा स्थानीय पालिकामा भूमिको समस्या समाधान गर्ने जनाएको छ ।

पहिलो चरणमा गाउँपालिकाले जग्गाको लगत लिने र वडास्तरबाट सिफारिस गर्ने काम चल्ने प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले जानकारी दिनुभएको छ । त्यसपछि पालिकास्तरमा गठन भएको आयोगले जिल्लामा सिफारिस गर्ने र लालपुर्जाको चरणमा पुग्ने प्रमुख मल्लले बताउनुभयो ।

यसैबीच गाउँपालिकाले खटाएका कर्मचारीसंग छलफल गरिएको छ । बस्तीस्तरमा जग्गाको लगत लिनका लागि खटिएका कर्मचारीलाई परेको समस्याका बारेमा छलफल गरिएको थियो । पालिका अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, वडाध्यक्षहरु नन्दलाल वली, टेकबहादुर वली, चिन्तामणी शर्मा, डम्बरबहादुर सिरिस मगर, खड्गबहादुर कवरको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्