२०७८ बैशाख ६ गते सोमवार

घोराही आउदै गरेको बस ग्वारखोला पुल नजिकै दुर्घटना



२० पुष,  दाङ ।

आज  ग्वारखोला पुल नजिकै बस दुर्घटनामा परेको छ । घोराही आउदै गरेको ना ६ ख १८१४ नम्बरको बस ग्वारखोला पुल प्रवेश गर्ने उकालोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि १९ जना घाईते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेका छन् ।

दुर्घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन । घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिहंले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्