२०७८ कार्तिक १ गते सोमवार

उपचाररत दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु



पैष १९ दाङ । दाङमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गएराति बाँकेको भेरी अस्पतालमा उपचाररत दाङकी ६५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।
पाँच दिनदेखि भेरी अस्पतालमा उपचाररत लमही नगरपालिका वडा नं ८ निवासि महिलाको गएराती मृत्यु भएको हो । स्वास्थ्यमा समसया देखिए पछि महिलालाई उपचारको लागि पुस १३ गते नेपालगंज लगिएको थियो । पुस १४ गते स्वाब संकलन गरि जाँच गर्दा उनको रिर्पोट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्