१९ पुस,काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित भएको थियो ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तालिका रहेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । काँग्रेसले संसद विघटनको विरोधमा देशका सबै १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो ।
प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार