२०७८ साउन १७ गते आइतवार

दाङ जिल्ला उद्योग बाणिज्य संघले स्वर्ण जयन्ती मनायो



१८ पुस,घोराही।
दाङ जिल्ला उद्योग बाणिज्य संघले आफ्नो स्थापनाको ५० औँ बर्षमा प्रबेश गरेको अबसरमा स्वर्ण जयन्ती सँगै १६ औँ बार्षिक साधारणसभा मनाएको छ । घोराहीमा निर्माणाधिन बहुउदेश्यीय सभा गृहमा एक औपाचारीक कार्यक्रमको आयोजना गरि संघले स्वर्ण जयन्ती र १६ औँ साधारणसभा मनाएको हो ।

२०२७ साल चैत्र ९ गतेका दिन तोरणध्वज श्रेष्ठको अध्यक्षतामा व्यबसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग बाणिज्य संघको गठन भएको थियो । दाङ जिल्ला मात्रै नभई तत्कालिन राप्ती अञ्चलकै उद्योगी एवं व्यवसायीहरुको हकहित संरक्षण तथा संबद्र्धन गर्ने उदेश्यले संघको स्थापना भएको संस्थापक अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

संघमा अहिले ८ ओटा उद्योग बाणिज्य संघका शाखा सदस्य र ७ हजार २ सय ९१ जना सदस्यहरु आबद्ध रहेका छन् । स्वर्णजयन्तीका अबसरमा संघले शुभकामना आदानप्रदान तथा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सफल उद्यमिकारुपमा ओविन्द्रबहादुर महरा, भरत विश्वकर्मा, कुलराज खनाललाई सम्मान गरिएको छ भने सञ्चारको क्षेत्रबाट गोरक्षकर्मी अमरराज आचार्य, कर्मचारीहरुमा कान्तुराम चौधरी र विन्दु श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी, संघले पूर्ब अध्यक्षहरु तोरणध्वज श्रेष्ठ, भरतबहादुर बुढाथोकी, धु्रबराज श्रेष्ठ भारी, मधुसुदन बैद्य, रामदयाल गुप्ता, चन्द्रराज पन्त, माधबप्रसाद शर्मा, हेमराज बन्जाडे लगाएतलाई कदर पत्रले सम्मान गरेको छ ।

त्यस्तै लकडाउनका समयमा घरघरमा खाद्यान्न पु¥याउन सहयोग गर्ने जनप्रतिनिधी, उद्योगी, पत्रकार तथा मास्क वितरण व्यक्तिहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।

यसैविच संघमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा पर्सि चुनाब हुदै छ । अध्यक्षमा टंकसिंह बुढाथोकी र बसन्त जोशी प्रतिस्र्धामा हुनुहुन्छ भने कोषाध्यक्षमा शुसिल पोख्रेल र धनपती शर्मा प्रतिस्पर्धामा रहनुभएको छ ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्