२०७८ बैशाख ७ गते मङ्गलवार

उवासंघको स्वर्ण जयन्ती तथा साधारण सभा भोलि



१७ पुस,घोराही ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती तथा १६ औ साधारण सभा भोलि (शनिवार)हुदै छ । स्वर्ण जयन्ती तथा साधारणको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ ।

कार्यक्रमलाई सभ्य र भव्य वनाउने संघले जनाएको छ । कार्यक्रम कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले गर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जिल्लामा रहेको स्थानिय सरकारका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुखहरुलाइ आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागिताका लागि व्यवसायीक क्षेत्रका केन्द्रीय नेतृत्व जिल्लामा आइ सकेका छन ।
कार्यक्रममा सफल उद्यमी, सफल व्यवसायी, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार, संघका कर्मचारी लाई पुरस्कृत गरिने भएको छ । त्यसैगरेर विभिन्न क्षेत्रमा योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने छ ।

संघले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगीताका विजेतालाई पुरस्कृत तथा कोभिड १९ को जोखिममा पनि सेवा निरन्तर खटेर कार्य गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिने भएको संघका महासचिव नरेश कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रम भोलि विहान ११ वजे निर्माण धिन बहुउदेश्य सभा गृहमा आयोजना गरिएको छ । यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालयको उद्घाटन लुम्विनी प्रदेश सभाका सदस्य अर्जुनकुमार श्रेष्ठले गर्नुभएको छ ।

संघले आफनो स्वर्ण जयन्तीको अवसरमा घोराहीमा रहेको असाहयहरु बसोवास गदै आएको मानव सेवा घरमा सहयोग गरेको छ । सेवा घरमा दाल, चामल, तेल, नुन लगाएत खाद्यान्न, कपडा प्रदान गरिएको संघका सचिव माया पोख्रेलले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्