२०७८ असार १० गते बिहिवार

सभापति चढ्ने गाडीमा आगजनी



१७ पुस, । कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा भेरी नगरपालिका ७ पुन्मामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको हो ।

गाडीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न गएका बेला उक्त घटना भएको र आगलागीको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन् ।।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्