२०७८ बैशाख ९ गते बिहिवार

भूमिहिनको समस्या नबल्झीने गरी समाधान हुदैछ : मुख्यमन्त्री पोख्रेल



१७ पुस, घोराही। लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले लामो समय देखीको भूमी समस्यालाई दिर्घकालिनरुपमै समाधान गर्न सरकार लागेको बताउनुभएको छ ।
दाङको घोराहीबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले भूमिहिन तथा सुकुम्बासीको समस्या दिर्घकालिन रुपमै समाधान गर्न लागिएको बताउनुभएको हो ।

भूमीहिनहरुको समस्यालाई लामो समय देखी समाधान गर्ने प्रयास हुदै आएको र अब भने नबल्झीने गरी टुंग्गोमा पु¥याउने जानकारी दिनुभयो ।

सरकारले स्थानिय तहको जिम्मेवारीमा बास्तबिक भूमिहिन तथा सुकुम्बासीलाई न्याय गर्ने गरि लगत संकलन र व्यवस्थापनको आधार तयार गर्ने उहाँको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत हुनुभएका पोख्रेलले पुष्पकमल दाहाल र माधब नेपाल नै पार्टी विभाजनमा लागेको आरोप लगाउनुभयो ।

पार्टी कब्जा गर्ने र प्रधानमन्त्री फेर्ने खेलमा दाहाल नेपाल समूह लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको सम्मान गर्दै संसद विघटन गरि जनादेशमा जाने घोषणा गरेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वले विबेक गुमाउदा एकता प्रकृया नटुंगिदै विभाजनको अबस्था आएको उहाँको भनाई छ ।

गलत र सहि छुट्याउन नसक्ने राजनितिक प्रबृत्तीका कारण नेतृत्व देखी कार्यकर्ता सम्म पक्ष विपक्षमा कार्यकर्ताहरु लागेको भन्दै उहाँले केपी शर्मा ओलीले लिएको अडान र निर्णयमा जनलहर आउने समेत उहाँले दावी गर्नुभयो ।

No description available.

पत्रिकाका प्रकाशक सम्पादक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले गणतन्त्र पत्रिकालाई सबैको साझा र विकासको पक्षमा कटिबद्ध भएर लाग्न शुभकामना दिनुभयो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले गणतन्त्र पत्रिकालाई गुणस्तरीयता र निरन्तरता कायम राख्न सुझाब दिनुभयो । पत्रिकाले विभिन्न क्षेत्रका दुई दर्जन व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरेको छ ।

पत्रिकाले घोराही उपमहानगरपालिका वडा नम्बर १६ का तत्कालिन वडा अध्यक्ष लछिनप्रसाद बुढामगरको स्मृतीमा उहाँको परिवारले स्थापना गरेको पत्रकारीता पुरस्कार रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्तीलाई प्रदान गरेको छ । कार्यक्रमको सहजिकरण पत्रिकाका कार्यकारी सम्पादक पाण्डब शर्माले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्