२०७८ असोज ११ गते सोमवार

“डोको चोयाको” बोलको गित सार्बजनिक



१७ पुस,घोराही ।

नेपाली साङ्गितिक बजारमा एक पछि अर्को गित सार्बजनिक हुने क्रममा लोक तथा दोहोरि गित “डोको चोयाको” बोलको गित सार्बजनिक भएको छ । हामी मरि बचाउँछौ रबि दाई,कुलमान दाई,मार्सि चामल,पशुपति नाथ लगाएत दर्जनौ गित दर्शकसामु ल्याई सकेका युवा पुस्ताको ढुकढुकि गायक बिरेन्द्र खड्का (वेस्टु) ,अन्जल शर्मा र सम्झना भण्डारिको स्वर रहेको छ भने समुह स्वरमा गोबिन्द बिस्वकर्मा,कमल सिन्जालि र किरण बिस्वकर्माको स्वर रहेको छ ।

निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको उक्त गितमा चर्चित अभिनेतृ करिष्मा ढकाल लगाएतका कलाकारले अभिनय गरेकाछन । प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गितलाई बिरेन्द्र खड्क (बेस्टु) नामक युटुब च्यानलबाट वजारमा सार्वजनिक गरिएको छ ।

भिडियो पनि हेर्नुहोस….

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्