घोराही, १६ पुस
लुम्बिनी प्रदेशको राजधानी दाङ घोराहीबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ ।
बिहिवार राप्ती प्रोदेशिक अस्पताल तुलसीपुरमा एक कार्यक्रमका बिच २० जना बढी बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
गणतन्त्र राष्ट्रिय दैनिक तुलसीपुर शाखा प्रमुख यमकला भुसालको अध्यक्षता एवं अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.बिनोद सिहंको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । पत्रिकाले भोली घोराहीको होटल माला ईनमा कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकत्सव मनाउदैछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा १४ औ वार्षिकत्सव मनाउन लागेको पत्रिकाका प्रकाशक तथा सम्पादक सबिन प्रियासने बताउनुुभयो । साथै उक्त समारोहमा उपस्थितिको लागिलाई अनुरोध गर्नुभएको छ ।